‘वर्क डिप्रेसन’का लक्षणहरु
तपाईहरु सबैले काम गर्दा कुनै न कुनै समयमा उदासी र निराशा महसुस गर्नु भएको हुन सक्छ । तपाई कहिले रोएको पनि हुन सक्छ । तर विश्वमा यस्ता कयौ मानिस छन् जसलाई यो समस्या नियमित रुपमा पनि हुने गरेको छ । उनीहरु दैनिक कार्य थलोमा दुःख, एन्जाइटी, प्रेरणाको कमी र रुने जस्तो अवस्था महशुश गर्छन् । यस किसिमका मानिस डिप्रेशनको चपेटमा आउन सक्छन् ।
के हो वर्क डिप्रेसन ?
वर्क डिप्रेसन एक यस्तो स्थिति हो, जसमा कर्मचारी कार्यालयमा काम गर्दाको समय डिप्रेशनको लक्षण महसुस गर्छन । वर्क फ्रम होममा पनि यी लक्षणको अनुभव हुन सक्छ । समस्या कामकै कारण भएको हुन्छ भन्ने पनि होइन । पहिलेनै डिप्रेशनसँग जुझिरहेका मानिसलाई पनि कामको अवधिमा केन्द्रीत गर्न समस्या हुन सक्छ । कामको चिन्ताले बिरामीमा डिप्रेसनलाई बढाउन सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कार्य थलोको नकारात्मक वातावरणमा मानिसको मानसिक र शारीरिक स्वास्थ्य बिगार्न सक्छ । यसका कारण कार्यालयमा अनुपस्थिति बढ्न जान्छ र कर्मचारीको उत्पादकत्व घट्न जान्छ ।
वर्क डिप्रेशनको लक्षण :
– कार्यालयमा चिन्ताजनक स्थितिमा एन्जाइटीको तह बढ्नु
– कामप्रति दिक्दारीको भावना बढ्नु
–काममा मन नलाग्नु
–प्रेरणाको कमी महसुस हुनु
–कामको अवधिमा उदासी महसुस हुनु
–काममा धेरै गल्ती गर्नु वा भुल्नु
–कार्यालमा लाचार, एक्लो र क्षमतावान नभएको महशुस गर्नु
–भोक धेरै लाग्नु
–थकान, टाउको दुख्ने र पेटमा गडबड हुनु
–चिडचिडापन र रिस उठ्नु
–कार्यालयमा रुन मन लाग्नु
–कामको समयमा धेरै निद्रा लाग्नु
–काममा धेरै दबाब महसुस हुनु
सहकर्मीबाट आफूलाई परनै राख्नु
वर्क डिप्रेशनका कारण :
–कार्यालयको नकारात्मक वातावरण अनियमित वर्किट सिफ्ट
–अफिस पोलिटिक्स
–हाकिमबाट सहयोग न मिल्नु
–धेरै काम हुनु
–वर्क प्लेसमा उत्पीडनको अनुुभव
–वर्क प्लेसमा असुरक्षित महसुस गर्नु
–काम र जीवनबीचको सन्तुलन बनाउन नसक्नु
–जागिर गुमाउने खतरा
–कार्यालयको समस्या सम्हाल्न नसक्नु
–यस्तो काम गर्नु जो तपाईको नैतिक मूल्य भन्दा विपरित छ
–यस्तो काम गर्नु जुन करियरको लक्ष्यसँग मेल खादैन
वर्क डिप्रेशनबाट कसरी बच्ने ?
–प्रत्येक आधा वा एक घन्टामा आफ्नो डेस्कबाट १० मिनेटको छुुट्टि लिनु
–लन्च ब्रेकको समयमा खुल्ला हावामा खाना खानु
–ब्रेकमा सामान्य खालको शारीरिक व्यायाम गर्नु । यसबाट मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
–घरमा र कार्यालयमा ध्यान गर्नु
–पुरा दिन स्वास प्रश्वासको ध्यान गर्नुहोस्
–कार्यालयमा ब्रेक लिएर सहयोगसँग कुराकानी गर्नुस् वा मनपर्ने राम्रो भिडियो हेर्नुहोस्
–धेरै समस्या भएमा चिकित्सकको सहयोग लिनु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा
-
कांग्रेस इतर समूहका नेताहरू चुनदेवीस्थित नयाँ कार्यालयमा (तस्बिरहरू)
-
कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला
-
ब्रिटिश प्रोफेशनल कलेजमा युनिभर्सिटी अफ लन्डनको बीएससी र एमएससी कार्यक्रम सुरु
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण