कांग्रेस कैलालीमा सुनार बने ‘म्यानअफदि इलेक्सन’
शुक्रबार, २० फागुन २०७८, २१ : ३३

नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । सभापतिको मतगणना बिहीबार सकिएकोमा शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
यही फागुन १५ गतेबाट सुरु भएको अधिवेशनमा दोस्रो चरणबाट सभापतिमा नारायणदत्त भट्टले १३५९ मत प्राप्त गरेकोमा उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाश बहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मतल्याउदै विजयीभएका छन् ।
सचिवमा बम प्यानलका नृपबहादुर सुनार सर्वाधिक १४९३ मत प्राप्त गरी ‘म्यानअफदि इलेक्सन’बनेका छन् भने अर्को भट्ट प्यानलका केशव मिश्र ११५६ मतसहित सचिवमा विजयी भएका छन् । यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मतल्याउदै निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै