कांग्रेस कैलालीमा सुनार बने ‘म्यानअफदि इलेक्सन’
शुक्रबार, २० फागुन २०७८, २१ : ३३
नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । सभापतिको मतगणना बिहीबार सकिएकोमा शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
यही फागुन १५ गतेबाट सुरु भएको अधिवेशनमा दोस्रो चरणबाट सभापतिमा नारायणदत्त भट्टले १३५९ मत प्राप्त गरेकोमा उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाश बहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मतल्याउदै विजयीभएका छन् ।
सचिवमा बम प्यानलका नृपबहादुर सुनार सर्वाधिक १४९३ मत प्राप्त गरी ‘म्यानअफदि इलेक्सन’बनेका छन् भने अर्को भट्ट प्यानलका केशव मिश्र ११५६ मतसहित सचिवमा विजयी भएका छन् । यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मतल्याउदै निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण