प्रधानमन्त्री देउवाको कर्मचारीलाई आग्रह- ‘कुनै भेदभाव नगरी जनताको काम गर्नुस्’
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव नगरी जनताको सेवा गर्न आग्रह निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिवार काठमाडौंमा नेपाली काँग्रेसको कर्मचारी युनियनको आठौँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उनले राज्यका स्रोत साधान सम्पत्तिको सुरक्षा गर्ने निजामती कर्मचारी अहिलेको आवश्यकता रहेको बताउदै मुलुकको स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारीहरुको देश अगाडि बढ्न महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले राष्ट्रसेवक कर्मचारीको व्यवहार सरकारको व्यवहार हुने भएकोले जनताप्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने, सुशासनले नै मुलुकको विकास हुने भएकोले कर्मचारीहरु मर्यादित र जिम्मेवार हुन आवश्यक रहेको बताए । कुनैपनि सरकारको योजनाको सफलता कर्मचारीमा निर्भर रहेको उनले बताउँदै राज्यलाई अगाडि बढाउनका लागि निजामती कर्मचारी मर्यादित र अब्बल रहनुपर्नेमा जोड दिए ।
सरकारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि, जनतालाई सेवा सुविधा दिनका लागि राष्ट्रप्रति प्रतिबद्ध कर्मचारी आवश्यक रहेको बताउँदै संविधानले कर्मचारीलाई दिएको अधिकार कार्यान्वनका लागि आफ्नो तर्फबाट सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण