फ्रान्सले थाल्यो युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाको तयारी
शनिबार, २१ फागुन २०७८, १५ : ३९
फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदम प्रस्ताव गर्ने भएको छ । एलिसी दरबारले शुक्रबार दिएको जानकारीअनुसार पेरिसले त्यसको तयारी गरिरहेको छ ।
युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरू जापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा रहेको पाँचौं प्लान्ट हाल सिल गरिएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निर्देशकसँग भेट गरेको उल्लेख गर्दै एलिसी दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘केही घण्टामा फ्रान्सले प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ।’ –एएनआई/स्पुतनिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण