फ्रान्सले थाल्यो युक्रेनी आणविक केन्द्रहरूको सुरक्षाको तयारी
शनिबार, २१ फागुन २०७८, १५ : ३९

फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीको मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदम प्रस्ताव गर्ने भएको छ । एलिसी दरबारले शुक्रबार दिएको जानकारीअनुसार पेरिसले त्यसको तयारी गरिरहेको छ ।
युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरू जापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा रहेको पाँचौं प्लान्ट हाल सिल गरिएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका निर्देशकसँग भेट गरेको उल्लेख गर्दै एलिसी दरबारद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘केही घण्टामा फ्रान्सले प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ।’ –एएनआई/स्पुतनिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ