माओवादी छाडेर मोरङ रंगेलीका नगर प्रमुख एमाले प्रवेश गर्ने
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्ने भएका छन् । बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिए । ‘मैले पार्टी प्रवेश गर्ने निधो गरेँ,’ उनले भने ।
एमालेले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ । नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले जनाएको छ । २०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए ।
बगडिया भने नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए । आउँदो स्थानीय तहको निर्वाचनमा बगडिया फेरि रंगेली नगरपालिका प्रमुखमा लड्ने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण