मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते
मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो । यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो ।
सुरक्षा गार्डहरूले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ । अराजक दृश्यहरु देखा परेको जनाइएको छ । मानिसको मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन । तर २२ जना घाइते र ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ ।
क्वेरेटारो क्लबले एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण