शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

आइतबार, २२ फागुन २०७८, १७ : २१
आइतबार, २२ फागुन २०७८

मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् ।  मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो ।  यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो ।

सुरक्षा गार्डहरूले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेलाडीहरूलाई लकर कोठामा पठाउन बाध्य पारेर हानाहान जारी राखेका बताइएको छ । अराजक दृश्यहरु देखा परेको जनाइएको छ । मानिसको मृत्यु भएको कुनै  समाचार प्राप्त भएको छैन । तर  २२ जना घाइते र  ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  क्वेरेटारो राज्यको नागरिक सुरक्षाले खेल रद्द भएको जानकारी दिएको छ । 

क्वेरेटारो क्लबले  एक विज्ञप्ति प्रकाशित गरी हिंसाको निन्दा गरेर  र हिंसामा जिम्मेवार जो कोहीविरुद्ध कडा कारबाही  माग गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप