प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा
कर्णालीका १२ युवाले प्रदेशसभा सदस्यसँग संसदीय र कानुन निर्माण प्रक्रियाबारे ज्ञान सहायकका रुपमा सहकार्य गर्ने भएका छन् । अमेरिकी राजदूतावास काठमाडौँको सहयोग, पोखरा रिसर्च सेन्टरको सहकार्य तथा ऋति फाउन्डेसन सुर्खेतको सञ्चालनमा पूर्वव्यावसायिक संसदीय सहयोग कार्यक्रम (पिपिएसपी कर्णाली फेलोशिप) अन्तर्गत युवाले प्रदेशसभा सदस्यसँग काम गर्ने भएका हुन ।
फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए । “युवालाई नीति निर्माणमा जोड्न कार्यक्रम उपयोगी हुनेछ, युवाले पनि संसदीय प्रक्रिया, सार्वजनिक नीति निर्माणबारे उत्सुकता जनाएका छन्”, उनले भने, “अन्तिम चरणमा छनोट हुने १२ जनाले मात्र प्रदेशसभा सदस्यसँग काम गर्न पाउनेछन ।” पहिलो चरणमा ५० जनामध्येबाट दोस्रो चरणमा २५ र अन्तिम चरणमा १२ जना छनोट हुनेछन् । ती १२ जनाले मात्र कर्णाली प्रदेशसभाका सदस्यसँग छ महिना नजिक रहेर काम गर्न पाउनेछन् । यसअघि कर्णालीका सबै जिल्लाबाट फेलोशिपका लागि प्राप्त ३०० आवेदनबाट ५० प्रारम्भिक छनोटमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण