घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । स्मार्ट भिलेजको रुपमा परिचित घलेगाउँ २०५७ सालदेखि १२ घरबाट होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ जानकारी दिएका घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले अब सुखी गाउँको रुपमा घोषणा गरिने बताए ।
२०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थियो । स्मार्टभिलेजको रुपमा परिचित घलेगाउँ आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको दुई दशकको अवधिमा दुई लाख १२ हजारभन्दा बढी पर्यटक घलेगाउँ भित्रिएका छन् ।
आर्थिक वर्ष ०५७/५८ मा घरबास (होमस्टे) सुरु भएपछि हालसम्मको २१ वर्षमा दुई लाख १० हजार ४०५ पर्यटक भित्रिएका छन । उक्त अवधिमा आन्तरिक मात्र दुई लाख पाँच हजार ४०६ पर्यटक भित्रिए । पछिल्लो दुई वर्षको निषेधाज्ञापछि घलेगाउँमा पर्यटक आगमन परानै लयमा फर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण