एमसीसीबारे माओवादीको निर्णयमा तीन नेताको नोट अफ डिसेन्ट
नेकपा माओवादी केन्द्रले गरेको एम्सीसीबारेको निर्णयमा तीन जना नेताहरुले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । नेताहरु देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टी कार्यालयमा निर्णयमाथि नोट अफ डिसेन्ट जनाएका छन् ।
सो नोट अफ डिसेन्टबारे अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकलाई जानकारी गराएका छन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गरेर निष्कर्षमा लगिने बताए ।
‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो’, प्रचण्डले सोमबारको बैठकको सुरुमै भने, ‘त्यतिमात्रै होइन अस्ति एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि (देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नु भएको छन् ।’
प्रचण्डले यसमा अन्य नेताहरुको पनि समान किसिमको असहमति रहेकाले यसबारे पार्टीमा छलफल गरेर सम्बोधन गरिने बताए ।
प्रतिनिधिसभाबाट एममीसी पास गर्न माओवादीले व्याख्यात्मक घोषणा स्वीकार गर्दा पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण