झिनो अंकले नेप्सेमा सुधार, कारोबारमा खासै सुधार आउन सकेन
सोमबार, २३ फागुन २०७८, १५ : १५
सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.५४ अंकले बढ्दै २५ सय ४४.९३ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको थियो ।
तर, यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज पनि २.१४ अंकले बढ्दै ४९२.२६ विन्दुमा उक्लिएको छ । यसदिन बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र अर्थस् समूहको उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् भने बाँकी अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।
१.५४ अंकले बढेको बजारमा आज २ अर्ब ६० करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३ अंकले घटेको बजारमा २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण