बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता

सोमबार, २३ फागुन २०७८, १८ : ०९
सोमबार, २३ फागुन २०७८

पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।

भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए । 

अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप