भिटोफ र होमस्टेको अधिवेशन चैत दोस्रो साता
सोमबार, २३ फागुन २०७८, १८ : ०९
पर्यटन क्षेत्रका दुई अगुवा संस्था गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) र घरबास कार्यक्रम ‘होमस्टे’ को अधिवेशन तथा निर्वाचन आगामी चैतको दोस्रो साता हुनेभएको छ ।
भिटोफको २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन आगामी चैत ११ गते काठमाडौँमा हुने भएको छ भने होमस्टेको केन्द्रीय महाधिवेशन पनि आगामी चैत ११ देखि १३ गतेसम्म बाँकेमा आयोजना हुने विज्ञप्तिमार्फत जनाइएको छ । भिटोफको हालैको बैठकले चैत ११ गतेका लागि साधारणसभा तथा नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको संस्थाका महासचिव जस्फा पाण्डेले जानकारी दिए ।
अघिल्लो वर्ष हुनुपर्ने भिटोफको साधारणसभा कोभिड–१९ महामारीका कारण स्थगित भएको थियो । यता होमस्टेको केन्द्रीय महाधिवेशनको मिति घोषणा भई अधिवेशनको आवश्यक तयारीमा जुटेको संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण