कर्णाली राजमार्गमा ट्रक यस्तो अवस्थामा दुर्घटना
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पाैष्टिक आहार बाेकेकाे ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकाेट जिल्लाकाे शुभकालिका गाउँपालिकास्थित एस माेडमा झुण्डिएको छ । ट्रककाे ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारकाे प्रयास भइरहेकाे छ ।
गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केकाे हाे । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रककाे अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् ।
उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए । चालकको स्वास्थ्य जाँच गर्न पठाएको छ । कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक बाहिर निस्केकाे छ । लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी खटिएकाे छ ।
एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एउटा ट्रक केही बर्षअघि पनि त्यहाँबाट खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जाेखिम भएकाे सवारी चालकहरू बताउँछन् । खिडिकी ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैंयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।
कर्णाली राजमार्गका जिप चालक इन्द्रबहादुर बिष्टले भने, 'यो राजमार्गमा चार बर्षदेखि जिप चलाउँदै आएको छु । साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ । कर्णाली राजमार्गको डुगेश्वरदेखि पालतडासम्मको क्षेत्रमा बर्षौदेखि धुँलो र हिलोले सताइरहेको चालक डाँगीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण