सर्वोच्चमा यस्तो देखियो चार घण्टाको बम आतंक (फोटोफिचर)
काठमाडौँ । सर्वोच्च अदालतमा आज झण्डै चार घण्टा दौडधुप र तनाव देखियो । कारण थियो, अज्ञात व्यक्तिबाट आएको एउटा फोन । फोनमा सन्देश थियो, सर्वोच्च अदालतमा बम छ ।
यो फोन पछि सुरक्षा निकाय र अदालतका कर्मचारी एकाएक सक्रिय भए । कर्मचारी र न्यायाधीसको भागभाग भयो । तछाडमछाड गर्दै सबै बाहिर निस्किए ।
आजका लागि तोकिएका सबै इजलास रोकिए । प्रहरीले खोज तलास शुरु गर्यो । चार घण्टा खोज्ज्दा पनि बम भेटिएन । क्रमशः स्थिति शान्त हुँदै गयो । फोन कलदेखि सर्च अभियानसम्म चार घण्टाको ड्रामा सकिएपछि कर्मचारी न्यायाधीस आफ्नो काममा फर्किए, मिडिया आ–आफ्ना न्युजरुममा ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिएका थिए ।
उनले भने, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास गर्यौँ। तर, केही भेटिएन ।”
सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण