समाजमा महिला हिंसाका घटना कायमै छ : मन्त्री मोक्तान
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमार मोक्तानले समाजमा महिला हिंसाको घटना अझै पनि कायम रहेको बताएकी छिन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले पितृसत्तात्मक सोच र महिला मैत्री संरचना अभावका कारण समाजका महिला हिंसाका घटना कायम नै रहेको बताइन् ।
उनले आम नागरिकहरुको मानसपटलमा पितृसत्तात्मक सोचले जरो गाडेर बसेकाले सरकारले लिएका समाज सुधारका नयाँ नीति र कानुनको कार्यान्वयनमा पनि जटिलताहरू आएको बताइन् । सरकारले महिला सशक्तीकरण र महिला हिंसाको अन्त्यका लागि लिएको नीति तथा योजना महिलाहरु प्रति समाजले राखेको गलत धारणाका कारण कार्यान्वयनमा जटिलता भएको उनको भनाइ छ ।
उनले प्रदेश सरकारले आगामी वर्षको बजेटमा महिला तथा बालबालिका सम्बन्धी नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने लक्ष्य राखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण