शान्ति प्रक्रियालाई गिज्याइरहने ‘सामूहिक चिहान’
‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।
बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै सामूहिक चिहान बनाएर गाडे ।
साबिकको जगन्नाथ गाविसबाट माओवादी भेषमा आएका नेपाली सेनाले ‘अभियानमा जाऔँ’ भनेर ल्याएर २३ युवालाई माओवादी आरोपमा घरघरबाट उठाएर ल्याए । दैयामा लगेर गोली हानेर हत्या गरे ।
दैयाको पुलमा ९ जना मारिएका थिए भने ८ जनालाई केही पर एयरपोर्ट छेउमा लाइन लगाएर गोली ठोकिएको थियो । ६ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरियो । यो समाचार दल नेपाल टप दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण