एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन् ।
एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’
एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण