पूर्वी नवलपरासीमा पल शाहको बयान जारी
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।
शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले रातोपाटीलाई बताए । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हुनाले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुपर्दैन । बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने डिएसपी गिरीले जानकारी दिए ।
नाबालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण