पूर्वी नवलपरासीमा पल शाहको बयान जारी
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मंगलबार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।
शाहको बयान र अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका प्रवक्ता (डिएसपी) दिलिप गिरीले रातोपाटीलाई बताए । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालीगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक थप १२ दिन हिरासतमा राख्न अनुमती दिएको हुनाले पूर्वी नवलपरासीमा हिरासतमा राख्न म्याद लिनुपर्दैन । बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने डिएसपी गिरीले जानकारी दिए ।
नाबालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल विवादबारे उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा के छ ?
-
विभिन्न अफरसहितको यामाहाको महाएक्सचेन्ज मेला सुरु
-
एनआईसी एशियाद्वारा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन हस्तान्तरण
-
इजरायलद्वारा अल जजिरा च्यानलमाथि प्रतिबन्ध
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमण : दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन केन्द्रित
-
रिङरोडमा ‘सारी राइडर’ !