सुधार गृहबाट भागेका युवा मृत फेला
विराटनगरको सुधार गृहबाट भागेका एक युवा मृतावस्थामा फेला परेका छन् । विराटनगर–२ मा रहेको स्पर्श नेपाल नामक सुधार गृहबाट हिजो फरार भएका सुनसरीको गढी गाउँपालिका २ घर भइ धरानमा बस्दै आएका २६ वर्षीय दिलेन्द्र परियार मृतावस्थामा फेला परेका हुन् ।
सुधार गृहबाट परियारसहित उनका साथीहरु धरानका निशान धमला, विराटनगरका दिनेश बस्नेत र रोहित कामत फरार भएका थिए । हराएपछि खोजी गर्ने क्रममा परियारको शव आज दिउँसो मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ । भागेका अन्य तीन जना भने परिवारको सम्पर्कमा पुगेको पत्ता लागेको प्रहरीको भनाइ छ ।
सिंघीया खोलामा हामफालेर भाग्ने क्रममा परियार डुबेको बताइएको छ । उनको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । चारै जनालाई परिवारले सुधारका लागि एक महिनाअघि सुधार केन्द्रको जिम्मा लगाएका थिए ।
यता, मृतकका आफन्तले भने सुधार गृहको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन् । मृतकका बुबा दिलीपकुमार परियारले सुधार केन्द्रको लापरबाहीका कारण घटना भएको आरोप लगाए ।
सुधार केन्द्रका अध्यक्ष सञ्जीव खड्काले भने आफूहरुले लापरवाही नगरेको दाबी गरेका छन् । अहिले पनि सुधार गृहमा १५ जना युवा रहेका छन् । सरसफाइ गर्ने क्रममा उनीहरु भागेको खड्काको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण