ज्यान मार्ने धम्किदिने कर्मचारीले मागे पत्रकारसँग माफी
पेश्की रकमबारे प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की दिएका रौतहटका स्वास्थका कर्मचारीले माफी मागेका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य पत्रकार शैलेन्द्र झासँग स्वास्थ्य कार्यालय गौरका कोल्ड निरिक्षक अधिकृत पासपत राय यादवले माफी मागेका हुन ।
रौतहटका सिडियो कृष्ण बहादुर शाही , राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का , स्वास्थ्य कार्यालय गौरका प्रमुख दिपेन्द्र राय , कोल्ड निरिक्षक अधिकृत अनिल कर्ण, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा लगायत संचारकर्मीकाे रोहवरमा कोल्ड निरिक्षक यादवले पत्रकार झासँग माफी मागेका हुन ।
पत्रकार झाले जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधबार शान्ति सुरक्षा तथा आवश्यक कारबाहीको लागी निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालयले कोल्ड निरिक्षक यादवलाई सोधपुछका लागि बोलाएको थियो । कोल्ड निरिक्षक यादवले आफूले गल्ती गरेको स्वीकार गर्दै बोल्न नहुने कुरा बोलेकाले माफी मागेका थिए ।
९७ लाख रुपैया पेश्की लिएको बारे पत्रकार झाले समाचारको लागी प्रतिक्रिया लिन खोजेको सन्दर्भ यादवले ज्यान मार्ने धम्की दिएका थिए । सिडियो शाहीले मुस्कान सहितको सेवा कर्मचारीले दिनु पर्नेमा धम्की दिनु गलत कार्य भएको बताउँदै अब यस्तो गल्ती दोहरीएमा कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण