प्रधानाध्यापक मादक पदार्थ सेवक गरेर विद्यालय गएको आरोप लगाउँदै कालोमोसो
नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठनले खोटाङको एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेको छ । खोटेहाङ गाउँपालिका, वडा नं. ६ स्थित पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक ताकमान राईले विगत लामो समयदेखि विद्यालय समयमा विद्यालय हाताभित्र मादक पदार्थ सेवन गरी अमर्यादित क्रियाकलाप गर्ने, विद्यालयमा नियमित उपस्थित नहुने, शिक्षक, कर्मचारी तथा विद्यार्थीसामु असामाजिक गतिविधि गर्दै आइरहेको भन्ने गुनासोका आधारमा क्रान्तिकारीले कालोमासो दलेको हो ।
बुधबार अखिल क्रान्तिकारी १ नं. प्रदेश सदस्य पावेल राईको नेतृत्वको विद्यार्थी तथा अभिभावकसमेतको टोलीले राईलाई कालो मोसो दली कारवाही गरेको क्रान्तिकारीको भनाइ छ । कालोमोसो दल्ने राईलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत पावेल राईलाई बिना सर्त अविलम्ब रिहाइ गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण