संखुवासभा दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो
सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको डिएसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण