आयल निगमको नेतृत्वमा तीन जनाको नाम सिफारिस
बिहीबार, २६ फागुन २०७८, १० : ३३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।
समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाफा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ ।
निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन बनिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
-
निगुरो बेचेर घर खर्चको जोहो गर्दै कुमाल समुदाय
-
झापाका कृषकले पाएनन् चैते धानको समर्थन मूल्य
-
‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’
-
निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु
-
अयोध्या–धामको नाममा जग्गा नहुँदा समस्या