बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा समाजवादीमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सकियो

बिहीबार, २६ फागुन २०७८, १५ : ०५
बिहीबार, २६ फागुन २०७८

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन समूहगत छलफलका निष्कर्षहरु सुनाउने क्रम सकिएको छ । समूहगत छलफलका लागि बुधबार नै सातवटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो । नौवटै समूहका नेताले समूहमा भएको छलफलको बिहीबार निष्कर्ष सुनाएपछि अध्यक्ष माधवकुमार नेपालले अहिले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।

‘आगामी निर्वाचनमा सानदार विजय हासिल गर्नेगरी जानुपर्छ भनेर नौवटै समूहबाट सुझाव आएको छ’, नेता गंगालाल तुलाधरले जानकारी दिए ।  त्यस्तै नेताहरुले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूसँगको सम्बन्ध सौहार्दपुर्ण बनाएर अघि बढ्नुपर्ने पनि सबै समूहको सुझाव आएको तुलाधरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप