नेकपा समाजवादीमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सकियो
बिहीबार, २६ फागुन २०७८, १५ : ०५
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक दोस्रो दिन समूहगत छलफलका निष्कर्षहरु सुनाउने क्रम सकिएको छ । समूहगत छलफलका लागि बुधबार नै सातवटा भूगोल प्रदेश, एउटा उपत्यका विशेष र सम्पर्क प्रदेश, अर्को विभाग र मोर्चाहरु भनेर ९ वटा समूह बनाइएको थियो । नौवटै समूहका नेताले समूहमा भएको छलफलको बिहीबार निष्कर्ष सुनाएपछि अध्यक्ष माधवकुमार नेपालले अहिले छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् ।
‘आगामी निर्वाचनमा सानदार विजय हासिल गर्नेगरी जानुपर्छ भनेर नौवटै समूहबाट सुझाव आएको छ’, नेता गंगालाल तुलाधरले जानकारी दिए । त्यस्तै नेताहरुले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूसँगको सम्बन्ध सौहार्दपुर्ण बनाएर अघि बढ्नुपर्ने पनि सबै समूहको सुझाव आएको तुलाधरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण