कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी, एक घर जलेर नष्ट
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबार बिहान देखि सुरु भएको हो । सुख्खा मौसम भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । ‘भर्खरै एउटा घर जलेर नष्ट भएको खबर आएको छ । आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।
डढेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका ५ तापेथोकमा बिहीबार नै लागेको डढेलो स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण