दक्षिण अफ्रिका संसारको सबैभन्दा धेरै असमानता भएको देश
दक्षिण अफ्रिका संसारको सबैभन्दा असमान देश भएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । त्यहाँ १० प्रतिशत जनसङ्ख्यासँग ८० प्रतिशतभन्दा बढी सम्पत्तिको स्वामित्व रहेको पाइएको हो ।
"दक्षिण अफ्रिका विश्वको सबैभन्दा असमान देश हो, १६४ देशहरू मध्ये यो पहिलो स्थानमा छ," वाशिंगटनस्थित संस्थाले बुधबार दक्षिणी अफ्रिकामा असमानता नामक एक रिपोर्टमा भनेको छ । रंगभेदको अन्त्य भएको लगभग तीन दशकपछि दक्षिण अफ्रिकामा शिक्षा र श्रम बजारमा पार्ने प्रभावका कारण जातियता नै असमानताको प्रमुख चालक बनेको उल्लेख छ । सन् १९१० मा स्थापित बोत्सवाना, इस्वाटिनी, लेसोथो र नामिबिया सबै संसारको सबैभन्दा असमान देशहरूको सूचीमा माथिल्लो स्थानमा छन्।
यस क्षेत्रका महिलाहरूले शिक्षाको समान स्तर भएका पुरुषहरूको तुलनामा औसतमा ३० प्रतिशत कम तलब पाउँछन् । नामिबिया र दक्षिण अफ्रिकामा यो तलब अन्तर ३८ प्रतिशत रहेको छ । खासगरी ग्रामीण क्षेत्रमा कृषि जमिनको असमान वितरण पनि असमानता निम्त्याउने कारक बनेको रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण