संखुवासभामा दुर्घटनाप्रति मुख्यमन्त्री राईद्वारा दुःख व्यक्त
बिहीबार, २६ फागुन २०७८, २१ : ५१
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संखुवासभामा १५ जनाको मृत्यु हुने गरी आज भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज साँझ प्रेस वक्तव्य जारी गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको जनाएका छन् ।
‘प्रदेश १ को संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको घटनाले स्तब्ध भएको छु,’ वक्तव्यमा भनिएको छ, ‘उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा गरी जम्मा १५ जनको निधन भएको छ । यस दुःखद घटनामा दिवंगत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण