हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएकाे छ । लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउनका लागि नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोगमा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक विद्यालयलाई लक्ष्यित गर्दै प्रदर्शन सुरु गरिएको हो ।
सचेतनामुलक सडक नाटक २६ फागुनमा सरस्वती मावि अर्खौले र दुर्छिम माविमा प्रदर्शन गरिएको छ । २७ फागुनमा च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्धोय मावि हलेसीमा प्रदर्शन गरिने जनाइएको छ । सडक नाटकमा घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असर, लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने सामाजिक असर सम्वन्धीका विषयवस्तु समेटिएको छ ।
पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको सडक नाटकमा ज्योती राई, जेबि डिसि, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण