नारायणी अटोमा एक्सचेन्ज मेला, अतिरिक्त ७० हजार पाइने
शुक्रबार, २७ फागुन २०७८, १८ : ४४
मारुती सुजुकीको आधिकारिक बिक्रेता नारायणी अटो बिजनेशले एक हप्ते ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’ संचालन गरेको छ । कम्पनीले शुक्रबारदेखि लागू हुने गरी आगमी चैत ४ गतेसम्म यस बेला सञ्चालन गरेको हो ।
यस योजना अन्तर्गत ग्राहकले जुन कुनै ब्राण्डका पुरानो गाडीसँग सुजुकीको नयाँ गाडी सट्टापट्टा गर्न सक्ने र उक्त एक्सचेन्जमा गाडीको मूल्याङ्कनको अतिरिक्त अधिकतम ७० हजार रुपैयाँसम्म थप प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस योजना अनुसार पुरानो गाडीको उचित मुल्याङकनसँगै न्यूनतम ३० हजारदेखि ७० हजार रुपैयाँसम्म थप सुविधा प्रदान गरिने कम्पनीका सञ्चालक अनुप बरालले जानकारी दिए । साथै, ग्राहकले एक्सचेन्जमा नगद छुटसँगै एक वर्षको बीमा सुविधा समेत प्राप्त गर्न सक्ने बरालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण