ताप्लेजुङका पीडित परिवारलाई राहत
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार बिहान भएको आगलागीबाट सात घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस ताप्लेजुङले राहत वितरण गरेको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको छ । दुई घर नष्ट हुँदा सात घरका परिवार विस्थापित हुन पुगेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ ।
आग्नी पीडित परिवालाई चामल प्रतिपरिवार ३० केजी, दाल दुई केजी, नुन एक केजी, खाने तेल एक लिटर, साबुन, मसला साथै कपडा वितरण गरेको नेपाल रेडक्रस ताप्लेजुङले जनाएको छ । आगलागीमा परेर ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए ।
यस्तै सोही आगलागीमा परी १६ वर्षीया रेविना लिम्बू सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । फुङ्लिङ बजारको कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट बिहान करिव ८ः३० बजेतिर आगो लागेको थियो । आगलागीको कारण खुलिसकेको छैन भने क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण