बालेन शाह जज रहेको र्याप रियालिटी शो ट्रेन्डिङमा, यसरी छानिनेछ ‘नेपहपको श्रीपेच’
र्‍याप गायनसम्बन्धी रियालिटी शो नेपहपको श्रीपेचको ग्राण्ड ओपनिङ भएको छ । गत मंगलबार ग्राण्ड ओपनिङ भएको रियालिटी शो पहिलो दिनबाटै युट्युबमा ट्रेन्डिङमा रहेको छ भने हाल नम्बर ट्रेन्डिङ ओगट्न सफल रहेको छ ।
आरएनएस क्रिएसन आयोजक रहेको कार्यक्रम इमेज एचडी र ओएसआर रियालिटीबाट प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म हेर्न सकिन्छ । शोको जज बालेन शाहसहित गिरिस खतिवडा र मानस घले रहेका छन् । बालेन काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणाले यतिबेला चर्चामा छन् ।

आयोजकका अनुसार ८००० वटा डिजिटल अडिसनको अडियो भिडियाे नेपाली र्याप डटकममार्फत प्राप्त भएको थियो भने त्यसमध्ये ६०० उत्कृष्टलाई फिजिकल अडिसनमा छनोट गरिएको थियो । ६०० जनाका अडिसन पोखरा, बुटवल, चितवन, इतहरी र काठमाडौंमा भएको थियो भने त्यसमध्येबाट १२३ जना छानिएको थियो । १२३ उत्कृष्ट र्यापरले काठमाडौंको जजन अडिसन राउण्डमा आफ्नो प्रस्तुती दिई सकेका छन् भने जजहरुले त्यसबाट पनि ४० जना छनौट गरेका छन् ।
अब ४० जनाले टपिक राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । जजले दिएको टपिकमा प्रस्तुती दिने मध्ये उत्कृष्ट २० पुग्ने छन् । यसैगरी टप २० मा भोटिङद्वारा टप १२ छानिनेछन् । टप १२ बाट टप १० अनि टप १० बाट छानिँदै टप ८ देखि प्रत्येक हप्ता १ जना प्रतियोगिताबाट बाहिरिनेछन् । यस्तै ४ जना फाइनालिस्टबाट एक जना नेपहप श्रीपेचको घोषणा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण