सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार र विप्लव नेकपाबीच छलफल

शुक्रबार, २७ फागुन २०७८, २० : १४
शुक्रबार, २७ फागुन २०७८

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सरकार र नेकपाबीच छलफल भइरहेको हो ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ । 

छलफलमा नेकपाले तीन बुँदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन आग्रह गरेको छ भने सरकारले सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गरिदिन नेकपालाई आग्रह गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप