सरकार र विप्लव नेकपाबीच छलफल
शुक्रबार, २७ फागुन २०७८, २० : १४
नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार र नेकपाबीच छलफल भइरहेको हो ।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र बडू, गृहसचिव टेकनारायण पाण्डेसहितको सहभागिता छ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्माको सहभागिता छ ।
छलफलमा नेकपाले तीन बुँदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन आग्रह गरेको छ भने सरकारले सहमति कार्यान्वयन गर्न प्रतिवद्ध रहेको भन्दै विरोधका कार्यक्रम शान्तिपूर्ण रुपमा गरिदिन नेकपालाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण