नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
नयाँ दिल्ली । बलिउड निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित चलचित्र ‘रामायण’मा वरिष्ठ अभिनेता अनुपम खेरले जटायुको पात्रलाई आफ्नो आवाज दिने भएका छन् ।
यससँगै लामो समयदेखि अमिताभ बच्चनले जटायुको आवाज दिने भन्ने चर्चाको अन्त्य भएको छ । दादासाहेब फाल्के अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आधिकारिक सामाजिक सञ्जालमार्फत अनुपम खेर जटायुको आवाजका रूपमा निश्चित भएको जानकारी सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको जानकारीअनुसार अनुपम खेरले चलचित्रमा जटायुको लागि आवाज दिनेछन् । यसअघि अमिताभ बच्चनले यो पात्रका लागि आवाज दिने चर्चा चलेको भए पनि अन्ततः उक्त भूमिका अनुपम खेरले निभाउने निश्चित भएको हो । निर्देशक नितेश तिवारीले जटायु र रावणबिचको युद्धलाई चलचित्रको सबैभन्दा भावनात्मक र प्रभावशाली दृश्यमध्ये एक बनाउने योजना बनाएको बताइएको छ । अनुपम खेरको आवाजले यस पात्रलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
‘रामायण’मा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् भने साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन् । कन्नड अभिनेता यश रावणको भूमिकामा रहनेछन् भने रवि दुवे लक्ष्मणको भूमिकामा देखिनेछन् ।
साथै सनी देओलले हनुमानको भूमिका निभाउनेछन् । मेकरहरूले यस फिल्मलाई दुई भागमा प्रदर्शन गर्ने भएका छन् । पहिलो भाग यस वर्षको तिहार (दिवाली)को अवसरमा प्रदर्शन हुनेछ भने दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज गर्ने योजना रहेको छ । चलचित्रको संगीत विश्वप्रसिद्ध संगीतकार हान्स जिमर र एआर रहमानले तयार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण