साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो
विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।
पाँच कारोबार दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो साता कारोबार रकम भने खुम्चिएको छ । गत साता औसतमा दैनिक ३ अर्बको सेयर कारोबार भएकामा यस साता खुम्चिएर औसत दैनिक २ अर्ब रुपैयाँको कारोबार भएको छ ।
बजारमा सुधारको संकेत देखिएसँगै यस साता नेप्से परिसूचकको पूँजीकरणमा समेत सुधार आएको छ । अघिल्लो साता ३६ खर्ब ७ अर्ब रुपैयाँ बजार पूँजीकरण रहेको नेप्से यो साता २९ अर्बले बढेर ३६ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण