चितवनमा मोटरसाइकल दुर्घटना, एकै परिवारका ३ जनाको मृत्यु
शनिबार, २८ फागुन २०७८, १४ : २२
चितवनको ईच्छाकामना गाउँपालिका–२ रमाईलो डाँडामा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय रविन गुरुङ, उनकी फुपू ३० वर्षीया प्रतिभा गुरुङ र प्रतिभाको छोरा ५ वर्षीय आर्यन रहेका छन् ।
उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ५ बजे ईच्छाकामनाबाट शक्तिखोरतर्फ आउँदै गरेको प्रदेश २, ०३, ००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको प्रहरी चौकी जुटपानीले जनाएको छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण