सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

शनिबार, २८ फागुन २०७८, १६ : ३२
शनिबार, २८ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।

आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए । गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहको निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए ।

मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप