शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फुङलिङमा आगलागीबाट ६९ लाखभन्दा बढीको क्षति

शनिबार, २८ फागुन २०७८, १६ : ४६
शनिबार, २८ फागुन २०७८

ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी  रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।  ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार  आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु  भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए ।

शुक्रबार बिहान ८ः ३० बजेतिर आगलागी भएको थियो । फुङलिङ नगरपालिकाको दमकल  प्रयोग गर्नाका साथै  नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप