गाँजासहित एक जना पक्राउ
आइतबार, २९ फागुन २०७८, ०९ : ४०
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिबार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लाष्टिकमा बेरेर जेब्रा झोलामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै कारोबारी हरेन्द्रलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ भने निजउपर आवश्यक कारबाहीको तयारी भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण