पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति
फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।
शुक्रबार साँझ शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर इच्छाकामना–२ रमाइलो डाडाँमा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा इच्छाकामना–३ का ३० वर्षीय तृर्की गुरुङ र उनका ५ वर्षीय छोरो आरोन तथा इच्छाकामना–२ का २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकरीका अनुसार घटना लगत्तै ट््याङ्करका चालक रत्ननगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण