दक्षिण कोरियामा एकैदिन ३ लाखभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ३ लाख ९ हजार ७९० जना कोरोना सङ्क्रमित देखिएका छन् ।
सो निकायका अनुसार अहिलेसम्म यहाँ ६८ लाखभन्दा बढी कोरोना सङ्क्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक एक लाखभन्दा बढीको संख्यामा सङ्क्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।
उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सचिवको पदस्थापन तथा सरुवा
-
कुलमानलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयो : योगेश भट्टराई
-
जीतपुर सिमराले सार्वजनिक बिदाका दिन कार्यालय खोल्ने
-
कंकेश्वरी मन्दिर क्षेत्रको सडकमा पानी जमेपछि...
-
स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
-
बैतडीको पाटनबाट दोस्रो चरणको जागरण अभियान सुरु गर्ने माओवादीको तयारी