भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने एमालेमात्र : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको इतिहासमै भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्ने एमालेमात्र रहेको दाबी गरेका छन् ।
सोमबार नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले अधिकांश दलका नेताहरु भारत सरकारको चाकडी गर्न टाउको निहुर्याएर आशीर्वाद थाप्ने गरेको आरोप लगाए । माओवादीदेखि मधेसवादी दलसम्मले भारतको चाकडी गरेको उनको भनाइ थियो ।
मधेस आन्दोलनका क्रममा लामो समयसम्म नाकाबन्दी भएको स्मरण गर्दै उनले एमालेले त्यतिबेला पनि भारतसँग नझुकी अन्ततः नाकाबन्दी खोलाएरै छाडेको दाबी गरे ।
उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताए । कम्युनिस्टले दुई तिहाईको बहुमत हुँदा समेत काम गर्न नसकेको आरोप लागिरहेको भन्दै उनले त्यो बहुमत प्राविधिक रुपमा मात्र रहेकाले स्थिरता नभएको प्रस्ट पारे । उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन । माओवादी लगातयकासँगको वाम गठबन्धन पश्चात बहुमत बनेको हो र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात करिब दुई तिहाईको बहुमत भएको थियो ।’
तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउने उनले बताए । पोखरेलले एमालेमा माधवकुमार नेपालले आफ्नो प्रभाव घटेपछि पार्टी छाडेर गएको बताए । उनले भने, ‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु । उहाँको केही समस्या छैन, एउटामात्र समस्या छ, त्यो हो उहाँ एमालेलाई आफ्नो जिमदारी ठान्नुहुन्छ । उहाँको जिमदारीमा कोही आएर नेता भएपछि उहाँ रहनै सक्नुभएन ।’
उनले कम्युनिष्ट पार्टीलाई जिन्दावाद भने पनि पार्टीभित्रको जिम्मेदारीलाई भने कार्यकर्ताले मुर्दावाद भन्नुपर्ने बताए ।
एमालेका सचिव रघुवीर महासेठले एमालेलाई मधेस विरोधी भन्नेहरु एमालेको सरकारमा सहभागी भएर एमाले मधेस विरोधी नरहेको पुष्टि गरिसकेको बताए । उनले सुरुमा उपेन्द्र यादवको नेतृत्वमा र पछि राजेन्द्र महतोको नेतृत्वमा मधेसवादी दल एमालेको सरकारमा सहभागी भएको भन्दै एमाले मधेसविरोधी हो भन्नेहरूका लागि त्यो गतिलो जवाफ भएको बताए ।
एमालेको सातौँ जिल्ला अधिवेशनमा करिब ११ सय प्रतिनिधि सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । धनुषा एमाले अध्यक्षका लागि ४ जना आकांक्षी छन् । वर्तमान अध्यक्ष राजकिशोर यादव, वर्तमान सचिव तेजनारायण यादव, अजय यादव र लक्ष्मी महतोले अध्यक्ष पदका लागि दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण