श्रीलङ्कामा युवा लक्षित १० लाख रोजगारी सिर्जना गरिने
श्रीलङ्का सरकारले ‘श्रीलङ्काका लागि आशा’ नामक कार्यक्रममार्फत् युवाहरूका लागि १० लाख नयाँ रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ ।
देश कोभिड–१९ को महामारीबाट सामान्य अवस्थामा फर्कने विश्वाससहित महामारीबाट प्रभावित अर्थतन्त्रलाई सुधार गर्न र युवाहरूमा आशाको सञ्चार गर्न सरकारले यो कार्यक्रम ल्याउन लागेको खेलकुद तथा युवा, विकास सहजीकरण तथा अनुगमन मन्त्री नमलाल राजपाक्षलाई उद्धृत गरी राष्ट्रिय सञ्चारमाध्यमले सोमबार समाचारमा जनाएका छन् ।
‘श्रीलङ्काको आशा’ कार्यक्रम मे महिनामा शुभारम्भ गरिने र देशका नौवटै प्रदेशलाई समेट्ने उनले बताए ।
रोजगारी खोज्ने, उद्यमी, वैदेशिक रोजगार अभिकर्ता, सीप विकास, व्यावसायिक तालीममा सलग्नलाई एक छानामुनि ल्याइने रोजगारीको अभावको दिगो समाधान प्रदान गरी युवालाई अन्य आयआर्जनका अवसरहरूमा परिचित गराई मुलुकको आर्थिक विकासमा योगदान पु¥याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।
सरकारी र निजी दुवै क्षेत्रमा रोजगारीका अतिरिक्त दक्ष कामदारका रूपमा युवालाई विदेश जान वा उद्यमीका रूपमा नयाँ व्यवसाय सुरु गर्न आग्रह गरिने मन्त्री रावापाक्षले बताए ।
श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले गत हप्ता अधिकांश नागरिकहरूलाई खोप लगाइएको र उनीहरूलाई खोपको अतिरिक्त मात्रा पनि दिइएपछि कोभिड–१९ महामारी देशभर सहज हुँदै गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण