तत्काल गठबन्धनबारे धारणा बनाउँदैनौँ : काँग्रेस मोरङ
नेपाली काँग्रेस मोरङले उम्मेदवार र गठबन्धन बारेमा टोल कमिटी र वडा कमिटीले गर्ने निर्णयलाई नै आधार बनाउने बताएको छ । काँग्रेसले विराटनगरमा आज घोषणा गरेको एक महिने अभियान र निर्वाचन लक्षित कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
यसक्रममा काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले काँग्रेस निर्वाचनसम्म नै एक भएर जाने र गठबन्धनबारे एक महिने अभियानकै बीचमा धारणा बनाउने बताएका हुन् । उनले ३० दिनको यो अभियानमा टोल, वडा र नगरले छानेका उम्मेदवार नै प्रमुख दावेदार हुने बताए ।
उनले अहिलेको गठबन्धनको सरकारलाई निर्वाचनसम्म लिएरसँगै जाने या निर्वाचनमा काँग्रेस एक्लै जाने भन्ने विषय पनि टोलबाट आएको सुझावका आधारमा तय गरिने जानकारी दिए । पहिले जस्तो नेताले तोकेको भरमा भन्दा यो पटक टोलले छानेको उम्मेदवारले पहिलो प्राथमिकता पाउने उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा संसद डा.डिला संग्रौलाले कांग्रेसलाई अब्बल दर्जाको पार्टी बनाउने र संगठनलाई व्यवस्थित बनाउने दाबी गरिन् । ‘जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षको भूमिकामा बस्न भनेपनि दुई तिहाइको बलमा संविधानमाथि पटक पटक प्रहार हुने थालेपछि संविधान र मुलुकको रक्षाका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नु परेको हो,’ उनले भनिन् ।
काँग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर घोषणा गरेको एक महिने ‘घर घर जाऔं कांग्रेसलाई जिताऔँ’ कार्यक्रमको मोरङ जिल्लामा पनि शुभारम्भ भएको जनाएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर ८ भगवती थानबाट नेपाली कांग्रेसले आइतबारदेखि अभियानको शुभारम्भ गरेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण