निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलहरुबीच सहमति
राष्ट्रियस्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् । सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी, नेकपा एकीकृत समाजवादीका नेता रामबहादुर चौहान लगायतका राजनीतिक दलका नेताहरुले आगामी निर्वाचनमा सँगै जाने स्पष्ट पारेका हुन् ।
प्रतिगमनविरुद्ध आफूहरुले संघै संघर्ष गरेको भन्दै सत्तापक्षीय राजनीतिक दलहरुले प्रतिगमनलाई साँच्चै परास्त गर्नका लागि आफूहरु एक भएर निर्वाचनमा होमिन तयार रहेको जनाएका हुन् ।
एमाले सचिव टोपबहादुर रायमाझीको प्रभाव क्षेत्र मानिएको अर्घाखाँचीमा गठबन्धन कायम रहेको अवस्थामा रायमाझीलाई जित्न निकै कठिन हुने विश्लेषकहरुले बताउँछन् । यद्यपि यतिबेला अर्घाखाँचीका गाउँ गाउँमा संगठन निर्माणमा सक्रिय रहेका रायमाझीले आफुहरु एक्लै पनि भिड्न तयार रहेको बताउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण