कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाई
कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कारवाही गरिएको हो ।
ट्राफिक प्रहरीले सोमबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने कूल १ हजार ७५७ जना चालकहरूलाई कारवाही गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्ने चालकमा मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, फुटपाथमा पार्किङ गर्ने १०४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७७ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६८ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ४० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३८ जना चालकहरूलाई पनि कारवाही गरिएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण