राजनीतिक दललाई दीपकराजको चुनौती : सपुतको गीतको कथा कुन पार्टीमा छैन ?
गायक प्रकाश सपुतको गीत विवादमा कलाकार दीपकराज गिरीले मुख खोलेका छन् । उनले गीत आफुलाई मन परेको बताउदै गीत बन्द गर्न दवाव दिनु गलत भएको धारणा राखेका छन् । दीपकले सामाजिक सञ्जालमार्फत गीतले आफ्नो मन छोएको र धेरैको मन छाएको हुनुपर्ने बताए । ‘केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखे’ उनले भने, ‘कुन चाँहि पार्टीमा केही मानिसको रजाई र केही मानिसको हरि बिजोक छैन ?’
कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन भनेर ठोकुवा गर्न सक्छ ? भन्दै प्रश्न गरेका दीपक अगाडि लेख्छन् ‘ उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाई गर्ने ?’
गायक सपुतले गीत ‘पीर’ मा दशबर्षे सशस्त्र द्वन्द्वका परिणामको केही हिस्सा समेटेर ल्याएपछि विवादमा परेको हो । गीतमा सपुतलाई स्वरमा साथ सम्झना भण्डारीले दिएकी छन् । प्रकाशकै गायन, लेखन, संगीत, परिकल्पना र निर्देशन रहेको गीत लिएर अहिले सामाजिक सञ्जालमा ठिक र बेठिकका अनेक बहस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण