शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रत्येकलाई टाइममा हिँडाउन सिकाएको छु : मुख्यमन्त्री शाही

मङ्गलबार, ०१ चैत २०७८, १८ : ०५
मङ्गलबार, ०१ चैत २०७८

मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका पक्षमा रहेर मुख्यमन्त्रीलाई प्रश्न सोध्ने र मुख्यमन्त्रीले जवाफ दिने उद्देश्य कार्यक्रमको थियो ।  तर कार्यक्रमको बीचमा ‘ल’ का विद्यार्थी सुनिता बरालले प्रश्न सोधिन मुख्यमन्त्री ज्यु तपाइँ मुख्यमन्त्री भएपछि खेलकुद क्षेत्रको विकासका लागि के गर्नुभयो ? काम नगर्ने कुरा बढी गर्ने प्रवृत्तिको अन्त्य कैले होला ? जवाफमा मुख्यमन्त्री जीवनबहादुर शाहीले मान्छेलाई  टाइमका हिड्न सिकाएको बताए । 

उनले भने, ‘महत्वपूर्ण कुरा के हुन्छ भने,‘टाइमिङ एण्ड कण्डिसन’ । साढे ११ बजेको कार्यक्रमको जानकारी थियो ।  म ३ मिनेट अगाडि आएँ । केन्द्रीय मन्त्री आउँदा पनि उहाँहरु समयमा नआउँदा छोडेर कार्यक्रम सुरु गर्छौं । खेल क्षेत्रको लागि टाइमिङको महत्व हुन्छ । अर्को कुरा यत्रो प्रदेश गौरवको आयोजनाको रुपमा रङ्गशाला बन्दैछ ।’

साथै उनले प्रत्येक जिल्लामा कभर्डहल बनाउने, खेलाडीहरूको सुरक्षा लगायतका विषयमा गृहकार्य थालेको छ । अन्य कामको कुरा गर्नुहुन्छ भने यही प्रदेश हो जहाँ सचिवहरु आउँन मान्नुहून्थेन्’ उनले भने,‘ म मुख्यमन्त्री बनिसकेपछि अहिले सचिव आउने होडबाजी चलिरहेको छ । यो पनि एउटा सफल काम हो । वीरेन्द्रनगरका प्रत्येक योजनाहरुको अनुगमन गरी धमाधम अगाडि बढीरहेको छ । अब यो बोल्ने र काम नगर्ने कुराको अन्त्य तपाईँहरुले राम्रोसँग पढेर आएर बुढाहरूले बोले हामी काम गरेर देखाउँछौँ भनेर भन्नुभयो भने अन्त्य होला !’ 

साथै मुख्यमन्त्री शाहीले प्रदेश चाहिं गरिब छ छैन मान्छेको सोचाइ भने गरिब भएको बताए । उनले भने,‘गिनीज बुकमा नाम लेखाउने पनि कर्णालीकै छन् ।’ मुख्यमन्त्री शाहीलाई खेल क्षेत्रका प्रतिनिधिहरुले खेल क्षेत्रका समस्या र पूर्वाधारका विषयमा रहेर प्रश्न राखेका थिए । जवाफमा मुख्यमन्त्री शाहीले प्रदेश सरकार देख्ने सरकार भएकाले विविध समस्याहरु भएको भन्दै खेल क्षेत्रको विकासमा जुटिरहेको बताए । उनले भने,‘१ करोड रकम १० वटा जिल्लाको खेलकुदलाई भनेर छुट्याइएको छ । प्रत्येक जिल्लामा खेलकुदका पूर्वाधारहरु निर्माण भइरहेका छन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप