राष्ट्रिय भूमि आयोगद्वारा गुुल्मीका स्थानीय तहसँग सम्झौता
मङ्गलबार, ०१ चैत २०७८, २१ : ३१
राष्ट्रिय भूमि आयोगले गुल्मीका स्थानीय तहसँग भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन कार्य कार्यान्वयनका लागि सम्झौता गरेको छ । जिल्लाको धुर्कोट गाउँपालिका, मदाने गाउँपालिका, गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले आयोगको केन्द्रिय कार्यालय काठमाडौमा पुगेर सम्झौता गरिसकेका छन् ।
बाँकी दुई नगरपालिका सहित ८ वटा पालिकालाई पनि आयोगका केन्द्रिय सदस्य दाताराम खनालले सदरमुकाम तम्घासमा एक समारोहका बीच सम्झौता गर्दै प्रकृयागत कागज पत्र हस्तान्तरण गरेका हुन् । उनले वडास्तरबाट भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरि पालिकालाई सिफारिस पठाउने र पालिकाले आयोगको जिल्ला कार्यालयमा सिफारिस गरे पछि प्रकृया अगाडी बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण