एनआरएनएमा समानान्तर गतिविधि बढेपछि संस्थापन आक्रोशित
बुधबार, ०२ चैत २०७८, १२ : ३७
गैरआवासीय नेपाली संघ विभाजित भएसँगै आफूलाई आधिकारिक देखाउन दुबै पक्षले कसरत बढाएको छ । संस्थापन पक्षले आगामी मार्च २४ र २५ तारिखका दिन निर्वाचनको मिति तोकेकै बेला शेष घले पक्षले पनि सोही दिनमा विश्व सम्मेलनको मिति तय गरेको छ ।
यही बीचमा कुमार पन्त नेतृत्वको संस्थापन पक्षले उपाध्यक्ष सोनाम लामाले संघको बिरुद्धमा समानान्तर सम्मेलनको आयोजना गरेको भन्दै आक्रोश पोखेका छन् । प्रवक्ता डिबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लामालाई संघको लेटरप्याड, लोगो लगायत संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणको दुरुपयोग नगर्न सचेत गराइएको छ । संस्थालाई अहित हुने गतिविधिमा संलग्न भए संघको विधान बमोजिम कारवाहीको प्रकृया अघि बढाइने समेत संस्थापनले चेतावनी दिएको छ ।
एनआरएनएमा काँग्रेस र कम्युनिस्टमा कित्ताकाट हुँदै संस्था नै विभाजित बनेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण