आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक, यस्ता छन्‌ सुविधा

बुधबार, ०२ चैत २०७८, १३ : २७
बुधबार, ०२ चैत २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) ले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरूको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममा ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना ल्याएको जानकारी दिएको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो ।

मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना बजारमा ल्याएको कम्पनीले जनाएको छ । यो योजनामा बीमा अवधि समाप्तीपश्चात पनि जोखिम वहन गर्नुका साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सकिने विशेषता रहेको कम्पनीको दाबी छ ।

यस्‍ता छन्‌ विशेषता :

एनएलआइसीका अनुसार ​१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजार  देखि आयस्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने कम्पनीले जनाएको छ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको खण्डमा बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ । तर, अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त नहुने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ । मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्नेछ ।

ऋण तथा समर्पण सुविधा

- वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने ।
- समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिने ।
- बीमालेखको बीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने, तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी (Maturity) भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने । बीमितले इच्छाइए अनुसार अग्रिम भुक्तानीको रूपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सकिने । यसको लागि बीमितले बीमा शुरू गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने ।
- बीमालेखको बीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण गणना गर्दा शुरूमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त नहुने ।
- बीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने ।


ऐच्छिक सुविधाहरू:

१) दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :

- १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सक्ने ।
 

२) बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा (PTD/PWD) : 

- १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने ।

३) घातक रोग सुविधा (Critical illness Rider) :

- ​१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग सुविधा लिन सक्ने ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था: 

- पूर्ण अवधि भुक्तानी (Maturity Benefit): बीमालेख चालु रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने ।

- आंशिक अवधि भुक्तानी (Survival Benefit) :
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पुन: प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । जसको लागि बीमा शुरू गर्दाको समयमा नै बीमा अवधि समाप्तिपश्चात कुन तरिकाको बीमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १०० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।
यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी (Survival Benefit) उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमाङ्क रकम प्रदान गरिने छ ।

- मृत्यु दाबी भुक्तानी (Death Benefit):
-   बीमालेख चालु रही बीमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने ।
-   सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ती पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र जीवित लाभ (Survival Benefit) रकम लिनु भन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पूनः बीमाङ्क बराबरको रकम प्रदान गरिने । 
-   बीमा अवधि समाप्ती पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits: ADB/PTD/PWD/CI बापतको रकमको दाबी भुक्तानी नदिने ।
-   यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि समाप्तीभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइने ।
-   यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा (ADB/PTD/PWD ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानीभित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
-   सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा बीमा अवधि समाप्ती पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप