शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु

बिहीबार, ०३ चैत २०७८, ०८ : ३४
बिहीबार, ०३ चैत २०७८

रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।  

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका  संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्डे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन् ।

मृतकका आफन्तहरुले शवहरु हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहापुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप