गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु
रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।
ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।
ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन् ।
मृतकका आफन्तहरुले शवहरु हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहापुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण